ग्रीसमा जनमत संग्रहबारे दुई पक्षको र्याली

तस्बिर स्रोत, Getty
आइतबार हुने महत्वपूर्ण जनमत संग्रहअघि ग्रीसको राजधानी एथेन्समा दशौं हजार मानिसहरु प्रतिद्वन्द्वी र्यालीमा सहभागी भएका छन्।
अन्तर्राष्ट्रिय ऋणका शर्तबारे “हुन्न” भन्ने पक्षमा मतदान गर्नका निम्ति प्रधानमन्त्री एलेक्सिस सीप्रासले आह्वान गर्दा उनको प्रशंसा गरिएको थियो।
नजिकैको प्रतिद्वन्द्वी र्यालीमा सहभागी भएका मानिसहरुले “हुन्न” भन्ने पक्षमा मतदान गरिए ग्रीस युरोमुद्रा प्रचलनमा रहेको युरोजोनबाट बाहिरिन सक्ने चेतावनी दिए।
एकजना “हुन्छ” भन्ने पक्षधरले भनिन्, “मलाई लाग्दैन कि उनीहरु युरोपियन युनियन र युरोपसँग रहन चाहन्न, यसकारण म ग्रीसको भविष्य युरोपभित्र रहेको विश्वास गर्दछु।”
समयसीमा
यसअघि जनमत संग्रहको वैधतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट अदालतले खारेज गरिदिएको थियो।
अदालतको आदेशसँगै अब निर्धारित कार्यतालिका अनुसार आइतबार जनमत संग्रह हुनेछ।
ग्रीसको वर्तमान सहायता कार्यक्रमको समयसीमा गत मंगलबार सकिएको थियो।

तस्बिर स्रोत, AFP
तोकिएको सीमाभित्र रही पैसा झिक्न मिल्ने गरी सबै ब्याङ्कहरु बन्द गरिएका छन्।
एथेन्सस्थित बीबीसी संवाददाता क्रिस मोर्रिस भन्छन्- युरोजोनमा रहने वा नरहने कुरा अब एउटा रोजाइ बनेको छ, धैरै कुराहरु जोखिममा रहेका बेला सरकारको भनाई नराम्रो हुँदै गएको छ र सरकारी वाचा अनुसार आगामी सातादेखि ब्याङ्कहरु खुल्न सक्ने वा नसक्नेमा कोही पनि ढुक्क छैनन्।
दबाब
जनमत सर्वेक्षण अनुसार “हुन्छ” भन्ने पक्षमा ४४ प्रतिशत र “हुन्न” भन्ने पक्षमा ४३ प्रतिशत मतदाता देखिएका छन्।
प्रहरीका अनुसार एथेन्समा आयोजित र्यालीमा २५ देखि ५० हजारसम्म मानिसहरुको सहभागिता थियो तर “हुन्न” भन्ने पक्षधरहरुको संख्या बढी थियो।
“हुन्छ” र “हुन्न” दुवै पक्षधरले विभिन्न १० वटा शहरहरुमा र्याली निकालेका छन्।
शुक्रबारको र्यालीलाई संबोधन गर्दै प्रधानमन्त्री एलेक्सिस सीप्रासले विरोध नभई ब्ल्याकमेल अर्थात अनुचित दबाबमाथिको विजय भएको बताएका थिए।






















