पत्रकारको 'हत्या' पछि 'आत्महत्या'

प्रहरीले रोक्न खोजेपछि दुइजना पत्रकारको हत्या गरेर भागेका फ्ल्यानागनले आफुलाई पनि गोली हानेका थिए
तस्बिरको क्याप्शन, प्रहरीले रोक्न खोजेपछि दुइजना पत्रकारको हत्या गरेर भागेका फ्ल्यानागनले आफुलाई पनि गोली हानेका थिए
Published

अमेरिकामा लाइभ कार्यक्रम चलाइरहेका दुइजना पत्रकारको हत्या गरेको बन्दुकधारीको पनि मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन्।

अधिकारीहरुका अनुसार सन्दीग्ध भेष्टर ली फ्ल्यानागनले ट्राफिक प्रहरीले रोक्न खोज्दा तीब्र गतिमा कार अगाडि बढाएका थिए।

दुइजना पत्रकारको हत्या गरेको केहि घन्टापछि फ्ल्यानागनलाई प्रहरीले फेला पारेको थियो।

एकजना प्रहरी अधिकारीले भने-"उसले चलाइरहेको कार प्रहरीले रोक्न खोज्दा रोकिएन। अगाडि गइरह्यो र सडकको देब्रेतिर गएर पछारियो। गएर हेर्दा आफैले गोली हानेको अवस्थामा उसलाई भेटियो।"

भिडियो

पछि उनको मृत्यु भएको थियो।

मुटु चिस्याउने घटनाक्रममा बन्दुकधारीले आफुले गोली हानेको घटनालाई आफैले रेकर्ड गरेर भिडियो सामाजिक सन्जालमा राखिदिएका थिए।

काला जातीका फ्ल्यानागन उक्त टेलिभिजन स्टेशनका पूर्व कर्मचारी थिए।

जसमा उनले ब्राइस विलियम्सको नाममा कार्यक्रम चलाउने गर्थे।

धेरैपटक आक्रोशित भएका घटनाहरुपछि उनलाई कामबाट निकालिएको टेलिभिजन स्टेशनले जनाएको छ।

ट्वीटरमा फ्ल्यानागनले कार्यक्षेत्रको द्वन्द्व र मारिएकी पत्रकार विरुद्ध गुनासो गरेका छन्।

ति पत्रकारले आफु विरुद्ध जातीवादी आरोपहरु लगाउने गरेकी उल्लेख छ।

बन्दुक कानुन

टेलिभिजन स्टेशनका कर्मचारीले त्रस्त हुँदै गोलीकाण्ड प्रसारित गरिरहेका थिए। मारिएका क्यामेराम्यानकी केटी साथीले कन्ट्रोल रुमबाट गोलीकाण्ड हेरिरहेकी थिइन्।

अर्कातिर रिपोर्टरका केटा साथीले आफुहरु गहिरो प्रेममा रहेको र विहे गर्ने योजनामा रहेको बताएका छन्।

ह्वाइटहाउसले गोलीकाण्ड बन्दुक हिंसाको अर्को उदाहरण भन्दै बन्दुक संस्कृति आम बन्दै गएकाले कडा बन्दुक नियन्त्रण कानुन पारित गर्न कंग्रेस समक्ष आह्वान गरेको छ।