विद्या भण्डारी नयाँ राष्ट्रपति

तस्बिर स्रोत, keshab thokar
Published
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी छिन्।
संसदमा एकैछिन अघि घोषणा गरिएको मत परिणाम अनुसार उनले ३ सय २७ मत प्राप्त गरेकी छिन्।
उनका प्रत्यासी नेपाली कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुंगले २ सय १४ मत प्राप्त गरेका छन्।
प्रतिवद्धता
मत परिणाम घोषणा गर्दै सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिइन्।
गणतन्त्र घोषणा भएपछि दोस्रो राष्ट्रपतिमा निर्वाचित भण्डारी नेपालको सर्वोच्च निकायमा पुग्ने पहिलो महिला हुन्।
उनले सबैको एकतामा जोड दिँदै राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्ने अभिभारा पूरा गर्ने प्रतिवद्धता जनाइन्।

















