एक वर्ष पुग्दा निजी घर पुनर्निर्माणको थालनी

नाम सार्वजानिक गरिएका भुकम्प पीडितले आफ्नो घर बनाउनका लागि २ लाख रुपैँया अनुदान पाउने छन्
तस्बिरको क्याप्शन, नाम सार्वजानिक गरिएका भुकम्प पीडितले आफ्नो घर बनाउनका लागि २ लाख रुपैँया अनुदान पाउने छन्
Published

करिब ९ हजार मानिसको ज्यान जाने गरि आएको विनाशकारी भूकम्पको १ वर्ष पूरा भएको दिन आइतबार राष्ट्रपति र प्रधानमन्त्रीले सबैभन्दा बढी प्रभावित जिल्ला पुगेर व्यक्तिको घर पुनर्निर्माणको थालनी गरेका छन्।

भूकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा आइतबार प्रभावित जिल्लाहरुमा विभिन्न कार्यक्रम गरिएको छ।

सरकारले घरको पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने करिब सवा तीन लाख सर्वसाधारणको सुची सार्वजनिक गरेको छ।

सम्झौता

गत वैशाखको ७.८ रिक्टर स्केलको भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन्।

त्यहाँ उनले ज्यान गुमाएकाहरुको स्मृतिमा भुकम्प स्मृतिपार्कको शिलान्यास राष्ट्रपति विध्यादेवी भण्डारीले गरेकी छिन्।

उनले भूकम्पमा घर भत्किएर अस्थायी पालमा बस्दै आएका गोपाल विकको घर सिलान्यास गरि व्यक्तिका घर पुनिर्निर्माणको काम थालेकी थिइन्।

त्यसैगरी भुकम्पको कारण ध्वस्त वनेको लाप्राकको पुर्ननिर्माणका लागि राष्ट्रपतिको उपस्थितिमा गैर नेपाली आवासीय महासंघ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयबीच त्रीपक्षिय सम्झौता भएको छ।

त्यस्तै भूकम्पले सबैभन्दा बढी जनधनको क्षति पुर्याएको सिन्धुपाल्चोकमा प्रधानमन्त्री केपी ओली पुगे।

उनले त्यहाँ सर्बे तामाङको भूकम्प प्रतिरोधी घरको सिलान्यास गरे।

उनले ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली र घाइते र पीडितप्रति सहानुभूति प्रकट गरे।

उनले भने, “यो सरकार देश बनाउनका लागि बनेको हो। यसले देश बनाउँछ यसको संकल्प छ। हामी पुनर्निर्माण पनि गर्छौं। नेपाललाई नयाँ ढंगले आधुनिक नेपाल पनि बनाउँछौं।”

ओलीले एकल महिला यदुमाया घोरासैनीलाई उनको घर बनाउनका लागि पुनर्निर्माणसम्बन्धी अनुदान सम्झौता पनि हस्तान्तरण गरेका थिए।

थालनी

भुकम्पका कारण देशभरीका १४ जिल्लाका करिब साढे ६ लाख जति निजी घर भत्किएका छन्।

सिन्धुपाल्चोक जानु अघि प्रधानमन्त्री काठमाडौंको धरहरामा आयोजना गरिएको स्मृतिसभामा पुगेका थिए।

यसबाहेक केही मानिसहरुको जमातले भने सरकारले भूकम्प गएको १ वर्षमा पनि केही गर्न नसकेको भन्दै प्रतीकात्मक रुपमा विरोध पनि जनाएका थिए।

भुकम्पका अति प्रभावित ११ जिल्लाका ११ वटा गाउ विकास समितका १०/ १० वटा निजी आवासको शिलन्यास गर्दै आइतबारबाट देशभरी पुर्ननिर्माणको शुरुवात गरिएको बताइएको छ।

अब वन्ने निजी घरदेखि सरकारी संरचना सबै भुकम्प प्रतिरोधी बनाउन देशभर प्राविधक परिचालन गर्न लागिएको छ।

पहिलो चरणमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले ११ जिल्लाका ४ सय गाविसका करिब सवा तीन लाखजनाको नाम सार्वजानिक गरेको छ।

त्यसैगरी काठमाडौंमा २५ लाख र काठमाडौ बाहिर १५ लाख ऋण २ प्रतिशत व्याजदरमा उपलब्ध गराउने राष्ट्रिय पुर्ननिर्माण प्राधिकारणले जानकारी दिएको छ।