बांग्लादेशमा आँधी: हजारौं विस्थापित

बांग्लादेशमा आएको आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन्
तस्बिरको क्याप्शन, बांग्लादेशमा आएको आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन्
Published

बांग्लादेशमा आएको रोआनु आँधीका कारण तीब्र हावा चलिरहेको छ र मुुसलधारे पानी परिरहेको छ।

त्यसको प्रभावमा परेर कम्तिमा सातजनाको ज्यान गएको छ; आँधीसँग जुध्ने क्रममा हजारौं मानिसहरुले घर छोडेका छन्।

तीब्र हावा र मुसलधारे वर्षाले रुखहरु ढलाएको छ र कति घरहरु भत्काएको छ।

भत्केका घरहरुमा मानिसहरु च्यापिएको बताइएको छ।

बन्दरगाह बन्द

कैयौं बन्दरगाहहरु बन्द गरिएका छन्।

अधिकारीहरुले तल्लो तटीय क्षेत्रका बीस लाख भन्दा बढि मानिसहरु आँधीबाट बच्न बनाइएका शिविरहरु तर्फ लागेको जनाएका छन्।

सुन्दरबनको इलाका प्राथा प्रतिमामा रहेका बीबीसी संवाददाता सलमान रावी भन्छन् शुक्रबारदेखि नै तीब्र हावा चलिरहेको छ र पानी परिरहेको छ।