मथुरा झडपमा कम्तीमा २४ को मृत्यु

प्रहरीले ठूलो परिमाणमा भण्डार गरिएका हतियार फेला परेको बताएको छ
तस्बिरको क्याप्शन, प्रहरीले ठूलो परिमाणमा भण्डार गरिएका हतियार फेला परेको बताएको छ
Published

भारतको उत्तर प्रदेशको मथुरा सहरमा भएको झडपमा दुई प्रहरीसहित कम्तीमा २४ जना मारिएको र करिव ४० जना घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

प्रहरीका प्रवक्ता दलजीत चौधरीले भनेका छन्, सरकारी जग्गा ओगटेर बसेका धार्मिक अभियानकर्मीहरुलाई त्यहाँबाट हटाउने प्रयास हुँदा सो झडप भएको थियो।

पहिला प्रहरीलाई भीडले ढुंगा हानेको र त्यसपछि गोलि चलाइएको उनले बताए।

त्यसको प्रतिकारमा प्रहरीले लाठीचार्ज, अश्रुग्यास र गोलि प्रहार गरेका थिए।

ग्यास सिलिन्डर विस्फोट भएर पनि केहीको ज्यान गएको बताइएको छ।

कम्तीमा ३ हजार प्रदर्शनकारीहरु पार्कमा जम्मा भएका थिए।