क्लिन्टनमाथि ट्रम्पको ठूलो अग्रता

trump
तस्बिरको क्याप्शन, डेमोक्र्याटहरुलाई जिताउंदै आएका कतिपय राज्यले पनि रिपब्लिकन ट्रम्पको पक्षमा मत दिएको बताइएको छ
Published

अमेरिकामा राष्ट्रपतिको चुनावी दौडमा निर्णायक हुने ठानिएका राज्यहरुमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले जितेको प्रक्षेपण गरिएको छ।

अनिर्णित भनेर चिनिएका राज्यहरुमा ट्रम्पले जित हात पारेको प्रक्षेपण अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन्।

ट्रम्पले फ्लोरिडा, ओहायो र नर्थ क्यारोलाइना जितेको र क्लिन्टनले भर्जिनियामा जितेको एबीसीले प्रक्षेपण गरेको छ।

मिशिगनमा अझै अत्यन्तै कडा प्रतिस्पर्धा देखिन्छ।

उक्त राज्यले सन् १९८८ यता रिपब्लिकन उम्मेदवारलाई जिताएको छैन।

क्लिन्टनको जितको सम्भावना साँघुरो बन्दै जांदा त्यसको प्रभाव बजारमा देखिएको छ।

अमेरिकी डलर र मेक्सिकन पेसोको भाउ घटेको छ।

राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये ट्रम्पले २४४ र क्लिन्टनले २०९ मत पाएको सञ्चारमाध्यमहरुले जनाएका छन्।