‘रोहिंज्याका सात सय घर जलाइए’

म्यानमार हिंसा
Published

भूउपग्रहमार्फत खिंचिएका ताजा तस्वीरहरुले म्यानमारका अल्पसंख्यक मुसलमान रोहिंज्या समुदायका सात सय भन्दा धेरै घर जलाइएको देखिएको मानवअधिकारवादी समूह ह्युमन राइट्स वाचले जनाएको छ।

सो समूहका अनुसार ती तस्वीरहरुले त्यहाँको उत्तरी राखाइन प्रान्तमा यसअघि सोचिएको भन्दा पनि धेरै नराम्रो स्तरमा विनाश भएको हुनसक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

गत एक सातामा दशौं हजार रोहिंज्याहरु म्यानमारबाट भागेर बांग्लादेश पुगेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, छायाँमा परेका शरणार्थी

म्यानमारको सेना र संदिग्ध मुसलमान विद्रोहीबीच झडप भएपछि उनीहरु भागेका हुन्।

विस्थापित रोहिंज्याहरुले सेनाले जानाजान आफ्ना बस्तीहरुमा आगो लगाइदिएको दोष लगाएका छन्।

तर म्यानमार सरकारले ती आरोप अस्वीकार गरेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार पूर्वोत्तर म्यानमारमा गत साता रोहिंज्या तथा सुरक्षाकर्मीबीच भएका संघर्षमा परि करिब चार सयजनाको ज्यान गएको छ।